खेलकुद |

पथरीशनिश्चरे लिगको उपाधि नवोदय फुटबल क्लबले उचाल्यो

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे–मोरङ, पुस ११ गते । पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को उपाधि नवोदय फुटबल क्लबले जितेको छ । खेलको ५८ औं मिनेटमा गरेको १ मात्र गोल नवोदयलाई उपाधि दिलाउन पर्याप्त भयो ।
नबोदयले १ लाख ७५ हजार रुपियाँ सहितको ट्रफि जित्दा रोशन माझी नायक बन्नुभयो भने लिग चरणमा नवोदय बिरुद्ध १–० को जित निकालेर सेमीफाइनल प्रवेश गरेको द रियल ब्रदर्स फुटबल क्लब उप विजेता हुँदै ७५ हजारमा चित्त बुझाउनु प¥यो । रियलले लिग चरणमा नवोदय बिरुद्ध १५ औं मिनेटमा गोल गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो भने फाइनल खेलमा नवोदयले ५८ औं मिनेटमा बदला दिँदै उपाधि जितेको छ ।
उत्कृष्ट गोल रक्षकको र सर्वोत्कृष्ट खेलाडीको उपाधि नवोदय फुटबल क्लवका अर्जुन बस्नेत घोषित हुनुभयो । यस्तै उत्कृष्ट रक्षकको उपाधि द रियल ब्रदर्सका तीर्थराज बस्नेत घोषित हुनुभयो । यस्तै सिरिजङ्घा फुटबल क्लबका जहरमान लिम्बू उत्कृष्ट मीड फिल्डर घोषित हुनुभयो । उत्कृष्ठ फरवार्डको उपाधि रोशन माझी र उत्कृष्ठ प्रशिक्षक नवोदय साजन साम्वा घोषित हुनुभयो । यस्तै उदयीमान खेलाडीको उपाधिबाट वाइजीएफटीका सन्जय लिम्बू घोषित हुनु भयो । अनुसाशित टीमको उपाधि देबीगञ्ज फुटबल क्लबले प्राप्त ग¥यो भने फाइनल खेलको म्यान अफ द म्याच द रियल ब्रदर्सका विशाल पाण्डे घोषित हुनुभयो । उहाँहरू सबैलाई पाँच हजार रुपियाँ सहित ट्रफि प्रदान गरियो ।
बिजेता तथा उप विजेता टिमलाई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई लगायतका अतिथिहरूले पुरस्कार प्रदान गर्नुभयो । गत पुस २ गते देखि सुरु भएको फ्रन्चाइन लिग फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगर क्षेत्रका ८ टिमले दुई समूहबाट प्रतिस्पर्धा गरेका थिए ।