खेलकुद |

तीब्र गतिका बलर उमेश यादब अन्तिम दुई टेष्टबाट बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, पुस १६ गते । भारतका तिब्र गतिका बलर उमेश यादब अष्ट्रेलिया विरुद्धको अन्तिम दुई टेष्ट खेलबाट बाहिरिनुभएको छ । अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टको दोस्रो पारीमा तिब्र गतिका बलर उमेश यादबको पिडुँलाको मांसपेशीमा समस्या आएपछि उहाँ रङ्गशालाबाट बाहिरिनुभएको थियो । दोस्रो पारीमा उहाँले मात्र चार ओभर तीन बल बलिंग गर्दै एक विकेट लिनुभएको थियो ।
प्रमुख तिब्र गतिका बलर इशान्त शर्मा अनुपस्थितिमै अष्ट्रेलिया भ्रमणमा यादब बाहिरिनुले टोलि ब्यवस्थापनलाई थप चिन्तित तुल्याएको छ । हातको हाडमा ‘फ्रयाक्चर’ भएपछि मोहम्मद सामी यसअघि नै बाहिरिसक्नुभएको छ । भारतका लागि दोस्रो टेष्ट खेलमा मोहम्मद सिराजले डेब्यु गर्नुभएको थियो । भारत समक्ष तेस्रो टेष्टका लागि श्रद्धुल ठाकुर, टी नटराजन, कात्र्तिक त्यागि र नवदीप सैनी विकल्पका रुपमा उपलब्ध छन् ।
कप्तान विराट कोहली समेत अन्तिम तीन टेष्ट म्याचमा सहभागी नभई भारत फर्किनुभएको छ । ओपनर ब्याट्सम्यानको रुपमा पृथ्वी शालाई खेलाएपनि पहिलो टेष्टमा उहाँको फितलो प्रदर्शनले भारतीय टोलि ब्यवस्थापनले शुभमन गिललाई विकल्पको रुपमा रोज्दै दोस्रो टेष्टमा उतारेको थियो ।
मयन्क अग्रवाल समेत लयमा हुनुहुन्न । यद्दपी अर्का ओपनर ब्याट्सम्यान रोहित शर्माको आगमनले भारतीय ब्याटिंग क्रम बलियो हुनेछ ।