एटलेटिकोलाई शीर्ष स्थानमा पुर्याउन सौरेजको गोल निर्णायक
गोरखापत्र अनलाइन
काठमाडौं, पुस २० गते । एटलेटिको मड्रिडले आल्भ्समाथि २–१ को जित हात पारेको छ । बार्सिलोनका पूर्ब स्ट्राइकर लुइस सौरेजले ९० औं मिनेटमा गर्नुभएको गोल एटलेटिकोको जितका लागि निर्णायक रह्यो । ३३ वर्षीय सौरेजले गोलपोष्ट नजिकबाट गर्नुभएको प्रहार एटलेटिकोलाई २–१ के जित दिलाउन पर्याप्त भयो । सौरेजले जारी सिजनमा आफ्नो ९ औं गोल पुरा गर्नुभयो ।
पहिलो हाफ सकिन केहि मिनेट मात्रै बाँकी रहँदा मार्कस लौरेन्टोले गर्नुभएको प्रहार गोलमा परिणत हुँदा एटलेटिको मड्रिडले १–० को अग्रता लियो । ८४ औं मिनेटमा जोसेलुको क्रसलाई फिलिपले आफ्नै गोलपोष्टमा छिराउँदा खेल १–१ को बराबरी आयो । छ मिनेट नबित्दै सौरेजले गोल गर्दै एटलेटिकोको जित सुनिश्चित गर्नुभयो ।
दोस्रो स्थानको रियल मड्रिडको ३६ अङ्क रहेपनि एटलेटिकोले ३८ अङ्क पुर्याउँदा रियलभन्दा दुई खेल कम खेलेको छ । यसअघि रियल मड्रिडले सेल्टालाई हराउँदा ऊ अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको थियो ।