न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो
गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । न्युजिल्याण्ड अन्तर्राष्ट्रिय टेष्ट वरियताको शीर्ष स्थानमा पुगेको छ । पाकिस्तान विरुद्धको दुई म्याचको टेष्ट श्रृखंला २–० ले जितेको न्युजिल्याण्डले अष्ट्रेलियालाई धकेल्दै अन्तर्राष्ट्रिय टेष्ट वरियताको शीर्ष स्थानमा पुगेको हो ।
शीर्ष स्थानमा पुगेको न्युजिल्याण्डले २७ टेष्ट खेलबाट तीन हजार १९८ अङ्क र ११८ रेटिंग्स पाएको छ । दोस्रो स्थानको अष्ट्रेलियाको २६ खेलबाट तीन हजार २८ अङ्क र ११६ रेटिंग्स रहेको छ । तेस्रो स्थानमा भारत छ । भारतले २७ खेलबाट तीन हजार ८५ अङ्क र ११४ रेटिंग्स पाएको छ । चौथो स्थानमा इंग्ल्याण्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका तथा छैठौं स्थानमा श्रीलङ्का रहेको छ । सातौं स्थानको पाकिस्तानको ८२ रेटिंग्स रहेको छ ।
वेष्टइन्डिज आठौं, अफगानिस्तान नवौं र बङ्गलादेश दशौं स्थानमा छ ।