खेलकुद |

नेपाल पुलिसद्वारा बागमती समक्ष ११२ रनको लक्ष्य प्रस्तुत

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तगर्तको तेस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती समक्ष ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाफमा बागमतीले औसत सुरुवात गरेको छ । उसले पाँच ओभरमा २३ रन बनाएर एक विकेट गुमाएको छ । बागमतीका लागि आदिल खानले १० तथा पारस खडकाले नौ रन बनाएर ब्याटिंग गर्दैछन् ।
त्यसअघि त्रिवि क्रिकेट ग्राउन्ड कीर्तिपुरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पुलिसले २९ ओभर ३ बलमा १११ रनको सामान्य योगफल तयार गर्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेषले सामान २१÷२१ रनको योगदान दिए । ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले सामान १७÷१७ रनको योगदान दिए ।
पुलिसलाई सस्तोमै समेटन बागमतीका लागि तिलक भण्डारी र नन्दन यादबले सामान चार चार तथा राम नरेश गिरीले दुई विकेट लिए ।