चेल्सीलाई हराउँदै लेसेष्टर सिटी शीर्षस्थानमा उक्लियो
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । लेष्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । प्रिमियर लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा चेल्सीलाई हराएर लेष्टर सिटी शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
चेल्सीलाई हराउन लेष्टरले पहिलो हाफमै दुई गोल गर्यो । खेल सुरु भएको छैटाैं मिनेटमा विलफ्रेड एनडीडीले २० गजबाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि लेष्टरले सुरुवाती अग्रता लिन सफल भयो । पहिलो हाफ सकिन चार मिनेट मात्रै बाँकी रहँदा लेष्टरले अर्को गोल थप्दै चेल्सीमाथि २–० को अग्रता कायम गर्यो । मार्क अल्ब्राइटनको पासलाई जेम्स मेडिन्सनले गोलको दिशा दिँदा चेल्सीका रक्षक एडोर्ड मेन्डी चुक्नुभयो ।
जितसँगै लेष्टरले १९ खेलबाट ३८ अङ्क बटुलेको छ । दोस्रो स्थानको म्याच यूनाइटेडको ३७ अङ्क छ । ३५ अङ्कसहित म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ । १८ खेलबाट लिभरपुलले ३४ अङ्क बटुलेर चौथो स्थानमा चित्त बुझाएको छ ।