बैरिष्टो, ऊड र कर्रनलाई भारत विरुद्धको पहिलो दुई टेष्टमा आराम
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । जोनी बैरिष्टो, साम कर्रन र मार्क ऊडलाई भारत विरुद्धको पहिलो दुई टेष्ट खेलबाट आराम दिइएको छ । जोफ्रा आर्चर, बेन स्टक्स र रोरी बनर्सले टोलिमा स्थान पाएका छन् ।
श्रीलङ्का भ्रमणमा काँधमा चोट लागेपछि आराम गरिरहेका ओली पोपलाई समेत भारत विरुद्धको श्रृखंलामा स्थान दिइएको छ । पहिलो रोजाइका विकेटकीपर जोस बटलर श्रीलङ्काबाट सिधै इंग्ल्याण्ड प्रस्थान गर्नुहुनेछ । उहाँको स्थान बेन्न फोक्स टोलिमा अटाउनुभएको छ ।
जोइ रुटको नेतृत्वमा घोषित टोलिका अन्य सदस्यहरुमा मोइन अली, जेम्स एण्डरसन, डम बेस्स, स्टुअर्ट ब्रोड, ज्याक क्रोली, डान लौरेन्स, ज्याक लिच, डम सिब्ली, ओली स्टोन र क्रिस वक्स छन् ।
इंग्ल्याण्डले फेब्रुअरी पाँचमा चेन्नईमा सुरु हुने गरी भारत विरुद्धको चार म्याचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट खेल्नेछ ।