अतिरिक्त समयको दुई गोलमा बार्सिलोनाको जित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । बार्सिलोनाले स्पेनिस कोपा डेल रे प्रतियोगिताको अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । कोर्नेला विरुद्ध निर्धारित समयमा पाएको पेनाल्टीको दुबै अबसर खेर फालेपछि बार्सिलोना दबाबमा आएको थियो ।
मिरालेम प्जानिक र ओसमाने डिम्बालाले पाएको पेनाल्टीलाई कोर्नेलाका गोलरक्षक रामोन जुआनले विफल तुल्याउनुभयो । २१ वर्षीय जुआन एकै खेलमा बार्सिलोनाको दुई पेनाल्टी विफल तुल्याउने पहिलो गोलरक्षक बन्नुभएको छ ।
अतिरिक्त समयको दोस्रो मिनेटमा डिम्बालाले लामो दूरीबाट गर्नुभएको प्रहार गोलमा परिणत हुँदा बार्सिलोनाले १–० को अग्रता लिँदै राहत महसुस गरेको थियो । अल्बर्ट एस्टेलेस बर्हिगमनपछि मार्टिन ब्रैथवेटले १२१ औं मिनेटमा गर्नुभएको प्रहार गोलको दिशा लियो ।