खेलकुद |

लुम्बिनी विरुद्ध सुदूरपश्चिम ६२ रनमा समेटियो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । लुम्बिनी विरुद्ध सुदूरपश्चिम प्रदेश ६२ रनको झिनो योगफलमा समेटिएको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतर्को समूह बी को खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६२ रनको सामान्य योगफलमा समेटेको हो ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सुदूरपश्चिमको पारीका नौ जना ब्याट्सम्यान दोहोरा योगफल जोड्न नपाउँदै पेभेलियन फर्किए । कप्तान सन्तोष भट्टले ११ र नारायण जोशीले १७ रनको योगदान दिनुभयो । लुम्बिनीका लागि कृष्ण कार्कीले एकै ओभरमा तीन विकेट लिनुभयो । उहाँले दश ओभरमा तीन मेडन राख्दै १७ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो ।

अनिल खरेल र विक्रम भूषालले सामान दुई दुई तथा दीपेन्द्र रावतले एक विकेट लिनुभयो ।