खेलकुद |

दोस्रो एकदिवसीयमा जितसँगै बङ्गलादेशलाई श्रृखंला

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । वेष्टइन्डिज विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा बङ्गलादेशले सात विकेटको जित हात पारेको छ । जितसँगै तीन म्याचको श्रृखंलामा बङ्गलादेश २–० को अग्रता लिएको छ ।
वेष्टइन्डिजले प्रस्तुत गरेको १४९ रनको लक्ष्य बङ्गलादेशले ३३ ओभर दुई बल खेलेर मात्र तीन विकेटको क्षतिमा पुरा गरेको हो । बङ्गलादेशका लागि कप्तान तामीम इकबालले सर्वाधिक ५० रनको योगदान दिनुभयो । शकीब अल हसन ४३ रन र मुश्फीक्र रहिम नौ रन बनाएर अविजित रहे । अर्का ओपनर लिटोन दासले २२ रन बनाउनुभयो ।
वेष्टइन्डिजका लागि अकेल होसैन, जैसन मोहम्मद र रेमन रैफरले सामान एक एक विकेट लिए ।
त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको वेष्टइन्डिजले ४३ ओभर चार बलमा १४८ रनमा सीमित हुन पुग्यो । वेष्टइन्डिजका लागि रबमन पावेलले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । ओपनर सुनिल अम्ब्रिस छ रन बनाएर पेभेलियन फर्किदा कोर्न ओट्लीले २४ रन बनाउनुभयो ।
बङ्गलादेशका लागि मेहिदी हस मिराजले सर्वाधिक चार तथा शकीब अल हसन र मुस्तफिजुर रहमानले सामान दुई दुई र हसन महमूदले एक विकेट लिनुभयो । मेहिदी हसन मिराज प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।