खेलकुद |

नेपाल पुलिस सेमीफाइनलमा पुग्यो, लुम्बिनी बाहिरियो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १२ गते । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा स्थान पक्का गरेको छ । लिग चरणको अन्तिम खेलमा उसले प्रदेश २ लाई चार विकेटले हराउँदै समूह बीबाट सेमीफाइनल पुग्ने दोस्रो टोलि बनेको छ । लुम्बिनी र बागमतीबीचको खेल ‘टाइ’ हुँदा अङ्क बाँडिएपछि बागमती सेमीफाइनलमा यसअघि नै स्थान सुनिश्चित गरेको छ । बागमतीको सात अङ्क छ । लुम्बिनीले चार खेलबाट पाँच अङ्क बटुलेको छ । उसले दुई खेलमा जित, एउटामा हार र एउटा टाइ खेलेर पाँच अङ्क बटुलेको थियो ।
नेपाल पुलिसले चार खेलबाट तीनमा जित हात पार्दै छ अङ्क बटुलेर समूह उपविजेता बन्दै सेमीफाइनलमा पुगेको हो ।
प्रदेश २ ले प्रस्तुत गरेको १७० रनको लक्ष्य नेपाल पुलिसले खेल सकिन नौ ओभर बाँकी छँदा मात्र छ विकेटको क्षतिमा पुरा गर्यो । नेपाल पुलिसको जितमा मध्यक्रमका ब्याट्सम्यान अनिल साहले संयमित पारी खेल्दै ४७ रन बनाएर अविजित रहनुभयो ।