योङ ब्रदर्स सिरिजङ्घा सेमिफाइनलमा प्रवेश गर्यो
गोरखापत्र अनलाइन
पथरीशनिश्चरे(मोरङ), माघ १३ गते । टाइब्रेकरमा बेलबारी फुटबल क्लबलाई ४–३ गोल अन्तरले हराउँदै इलामको योङ ब्रदर्स सिरिजङ्घा फुटबल क्लब पाँचौं अन्तर्राष्टिय« आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट अन्तिम निर्णय गरिएको हो । टाइब्रेकरमा योङ ब्रदर्सका दिवस गिरी ,राजकुमार कन्दङ्वा,सन्तोष न्यौपाने र सनम भुजेलले गोल गर्नुभयो । योङ ब्रदर्सका दिपेश धिमालको प्रहार मैदान बाहिर गयो । बेलबारी फुटबल क्लबका बिक्रम धिमाल,विवेक पौडेल र मौसम लिम्बूको प्रहार गोलमा परिणत भयो भने कासमि राई र सुसन लामाको प्रहार योङ ब्रदर्सका गोल रक्षक विशाल दर्लामी मगरले बचाउ गर्नुभयो ।
यस अघि खेलको ७ अाैं मिनेटमा योङ ब्रदर्सका सनम धिमालले बेलबारी बिरुद्ध गोल गर्दै खेलमा १–० को अग्रता कायम गर्नुभयो । १७ औं मिनेटमा बेलबारीका तीर्थ बस्नेतको पासमा सुसन लामाले दर्शनीय गोल गर्दै टिमलाई १ – १ गोलको बराबरीम पु¥याउनु भयो ।लगत्तै २९ औं मिनेटमा बेलबारीका कासिम राईले गोल गर्दै २–१ को अग्रतामा टिमलाई पु¥याउनु भयो । मध्यान्तर अघि २–१ को अग्रता रहेको बेलबारी फुटबल क्लब रक्षात्मक खेल खेलिरहेका बेला बेलबारीविरुद्ध योङ ब्रदर्सका रोहन कार्कीले बराबरी गोल गर्नुभयो ।
आज निर्धारित ७० मिनेटको खेलमा नायक बनेका बेलबारीका सुसन तामाङ र कासिम राईले टाइब्रेकरमा पेनाल्टी प्रहार मिस गर्दा प्रतियोगिता उपाधि दावेदार मानिएको बेलबारी फुटबल क्लब उपाधि होडबाट बाहिएिको छ । दुईवटा प्रहारलाई बचाउ गर्न सफल योङ ब्रदर्सका गोल रक्षक विशाल दर्लामी मगर खेलमा म्यान अफ द म्याच घोषित हुनुभयो । मङ्गलबार दोस्रो सेमिफानल खेल दूधे फुटबल क्लब झापा र योङ ब्रदर्स इलामबीच हुनेछ ।