खेलकुद |

शरणार्थी च्यालेन्ज कपको उपाधि आयोजकलाई

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे(मोरङ), माघ १५ गते । पाँचौं अन्तर्राष्टिय« आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि शरणार्थीहरूको फुटबल टिम फ्रेन्ड्ली युथ सेन्टर (वाइएफसी)ले जितेको छ । योङ ब्रदर्स सिरिजङ्घा फुटबल क्लब इलामलाई २-० गोलले हराउँदै आयोजक वाइएफसीले उपाधि जितेको हो ।
आयोजक वाइएफसीले उपाधिसँगै १ लाख १ हजार नगद र ट्रफि जितेको छ ,भने उप विजेता भएको योङ व्रदर्स शिरिजङ्घा फुटबल क्लब इलामले ५१ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ ।खेलको २६ ओैं मिनेटमा आयोजक वाइएफसीका बिक्रम लिम्बूले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएपछि आयोजकले १-० को अग्रता कायम गरेको हो ।खेलको ६६ मिनेटमा आयोजक वाइएफसीका निशान लिम्बूले नितिन थापामगरको पासमा गोल गर्नुभयो । खेलको ३५ओैं मिनेटमा आयोजकका उमेश राईलाई डिबक्स भित्र ट्याकल गरेपछि वाइएफसीले पेनाल्टी गर्ने अवसर पायो ।तर, फ्रिकिकबाट टिमलाई अग्रता दिलाउनु भएका विक्रम लिम्बूले प्रहार गरेको पेनाल्टी बल आउट भयो ।
फाइनल खेलको म्यान अफ द म्याच विक्रम लिम्बू घोषित हुनुभयो । उहाँलाई २ हजार ५ सय नगद सहित ट्रफी प्रदान गरियो । सर्वाधिक गोलकर्ताको उपाधि ५ गोल गर्ने योङ ब्रदर्स शिरिजङ्घाका सन्तोष न्यौपानेले प्राप्त गर्नुभयो ।उत्कृष्ट फरवार्डको उपाधि ,उदयमान खेलाडीको उपाधि आयोजक नीलोका निरज परियारले प्राप्त गर्नुभयो ।उत्कृष्ट गोलरक्षकको उपाधि आयोजकका छिरिङ तामाङले प्राप्त गर्नुभयो ।उत्कृष्ट रक्षक आयोजकका पदम भट्टराईले प्राप्त गर्नुभयो ।मध्यरक्षकको उपाधि योङ ब्रदर्सका राजकुमार कन्दङ्वा घोषित हुनुभयो ।उत्कृष्ट फरवार्ड आयोजकका उमेश राई घोषित हुनुभयो ।उत्कृष्ट प्रशिक्षक आयोजकका युवराज साम्पाङ घोषित हुनुभयो । म्यान अफ द सिरिजको उपाधि नवीन गुरुङले प्राप्त गर्नुभयो ।म्यान अफ द म्याच बाहेक सबै उपाधि प्राप्त गर्ने खेलाडीलाई ५/५ हजार नगदसहित ट्रफी प्रदान गरियो ।प्रतियोगिता माघ २ गतेदेखि पथरीशनिश्चरे रङ्गशालामा भएको थियोे ।