प्रधानमन्त्री कप क्रिकेट फाइनल : एपीएफविरुद्ध ब्याटिंग गर्दै आर्मी
गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल(एपीएफ) विरुद्ध त्रिभुवन आर्मी क्लबले ब्याटिंग गर्दैछ । टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको आर्मीले नौ ओभरमा दुई विकेटको क्षतिमा ३२ रन जोडेको छ ।
आर्मीका लागि अनिलकुमार मण्डल ११ रन बनाएर अविनाश बोहराको बलमा आउट हुनुभयो । सुशन भारी १३ रन बनाएर किशोर महतोको बलमा आउट हुनुभयो । आर्मीका लागि हरि चौहान र भिम सार्की ब्याटिंग गर्दै हुनुहुन्छ ।
आर्मीले कप्तान विनोद भण्डारीको नेतृत्वमा अन्तिम एघारमा रोहित पौडेल, भीम सार्की, लोकेश बम, राजेश पुलामी मगर, बिक्रम सोब, हरि चौहान, जितेन्द्र मुखिया र सहाब आलमलाई स्थान दिएको छ ।
एपीएफको टोलिमा बसन्त रेग्मी हुनुहुन्न । शरद् भेषवकारको नेतृत्वमा सुभाष खकुरेल, आसिफ शेष, शंकर राना, सन्दीप जोरा, सुमित महर्जन, भुवन कार्की, अमर रौटेला, कमल ऐरी, अविनाश बोहरा र किशोर महतो अन्तिम एघारमा छन् ।