खेलकुद |

फिडेल एडवार्ड्स दश वर्षपछि वेष्टइन्डिज टोलीमा पुनरागमन गर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । वेष्टइन्डिजका तीव्रगतिका बलर फिडेल एडवार्ड्स दश वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नुहुने भएको छ । एडवार्ड्सले गत साता मात्रै आफ्नो ३९ औं जन्मोत्सव मनाउनुभएको छ । उहाँले पछिल्लो पटक सन् २०१२ मा वेष्टइन्डिजको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको थियो ।
वेष्टइन्डिजका लागि प्रतिनिधित्व गर्दैगर्दा साबिक झैं आफू पूर्ण स्वस्थ र तन्दरुस्त रहेको र यसैवर्षको अन्त्यतिर हुने टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी हुने विश्वासका साथ मैदानमा उत्रिने लागेको उहाँले बताउनुभएको छ । उहाँले इन्डियन प्रिमियर लिग(आईपीएल)मा समेत आफू चयन हुने अपेक्षा गर्नुभएको छ । प्रिमियर लिगमा उहाँले पछिल्लो पटक सन् २००९ मा सहभागी हुनुभएको थियो ।
अबुधाबी टी टेनमा उहाँ हाल देल्ही बुल्सको प्रतिनिधित्व गर्नुभएको छ । उहाँले आफू क्यारन पोलार्ड र फिल सिमोन्स समक्ष समेत अवसर छ भने खेल्न सक्षम रहेको  बताउनुभयो ।
एड्वार्ड्सले काउन्टी खेलमा सहभागी हुन कोल्पकमा आफ्नो नाम दत्र्ता गराएर सम्झौता गर्नुभएको थियो । जसले गर्दा उहाँले सन् २०१५ यता इंग्लिश काउन्टीमा हयाम्पशायरको प्रतिनिधित्व गर्नुभयो । तर बेलायत यूरोपेली यूनियनबाट बाहिरिएपछि एडवार्ड्स बाहिर खेल्न पाउने हुनुभएको छ ।