खेलकुद |

आर्सनल वल्भ्ससँग पराजित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । वल्भ्सले प्रिमियर लिगको पछिल्लो नौ खेलमा पहिलो जित हात पारेको छ । उसले आर्सनलमाथि २–१ को जित हात पार्यो ।
पहिलो हाफको ३२ औं मिनेटमा आर्सनलका लागि निकोलास पेपेले गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्ज्युरी समयमा देविड लुईजले विलियम जोसलाई लडाउन पुग्दा वल्भ्सले पेनाल्टीको अवसर पायो । रुबेन नेभ्स उक्त अवसरलाई गोलमा परिणत गर्नबाट चुकेनन् । र वल्भ्सका लागि बराबरी गोल गर्नुभयो ।
पहिलो हाफ १–१ को बराबरीमा सम्पन्न भई दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै जुआओ मौटिन्होले ३० गज बाहिरबाट गर्नुभएको प्रहार गोलको दिशा लिएपछि वल्भ्सले आर्सनलमाथि २–१ को बढत बनायो ।
गत डिसेम्बर १५ मा चेल्सीमाथि २–१ को जित दर्ता गरे यता वल्भ्सको प्रिमियर लिगमा पहिलो जित हा । यद्यपि उसले एफ ए कपमा क्रिष्टल पैलेस र कोर्लिलाई हराएको थियो ।
जितसँगै वल्भ्स १४ औं स्थानमा यथावत् छन् । छैठौं स्थानमा रहेको आर्सनल वल्भ्ससँग हारसँगै दशौं स्थानमा झर्न पुग्यो ।