चौदण्डीगढीको पोष्टमा आर्मीको १२ गोल
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढीमाथि १२–० को जित हात पारेको छ । जितसँगै त्रिभुवन आर्मीले शीर्षस्थानको सशस्त्र प्रहरी बल(एपीएफ)सँग अङ्कतालिकामा अङ्क दूरी कम गरेको हो ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय महिला लिग अन्तर्गत दिनको पहिलो खेलमा त्रिभुवन आर्मीले चौदण्डीगढीलाई हराएको हो । त्रिभुवन आर्मीको जितमा शर्मिला थापाले एक्लैले पाँच गोल गर्नुभयो । सपना लामा, हेमा चौधरी, अञ्जली वाइबा, विमला चौधरी, विमला विक र रश्मि घिसिङले समान एक एक गोल गर्नुभयो ।
जितसँगै त्रिभुवन आर्मी फुटबल क्लबले शीर्षस्थानको एपीएफभन्दा पाँच अङ्क कम गरेको छ । चौदण्डीगढी भने प्रतियोगितामा आफ्नो पहिलो अङ्क जोड्न अझै संघर्षरत देखिएको छ ।