प्रमुख प्रशिक्षक आर्थर र ब्याट्सम्यान थिरमन्ने कोरोना सङ्क्रमित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २२ गते । क्रिकेट श्रीलङ्काका प्रमुख प्रशिक्षक मिक्की आर्थर र ब्याट्सम्यान लहिरु थिरमन्ने कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । वेष्टइन्डिज भ्रमणको तयारी गरिरहेको श्रीलङ्काली क्रिकेट टोलिका सदस्यहरुको कोभिड परीक्षण गर्दा दुबैजनामा सङ्क्रमणको पुष्टि भएको हो ।
प्रमुख प्रशिक्षक आर्थर र ब्याट्सम्यान लहिरु थिरमन्नेमा सङ्क्रमणको पुष्टि भएपछि श्रीलङ्का क्रिकेट बोर्डले वेष्टइन्डिज भ्रमणको पुर्नतालिका गर्नुपर्ने सम्भाबना बढेको हो । श्रीलङ्काको वेष्टइन्डिज भ्रमण फेब्रुअरी २० देखि सुरु हुने तय गरिएको थियो । फेब्रुअरी २८ मा दुबै टोलिबीचको पहिलो टेष्ट खेलाइने तालिका रहेको छ । यद्दपी भ्रमण दलका सदस्यहरु भने भ्रमण गर्नुअघिसम्म कोभिड सङ्क्रमणमुक्त भइसक्ने बताइएको छ ।
बुधबार श्रीलङ्काली क्रिकेट टोलिका ३६ जना सदस्यहरुको परीक्षण गरिएको थियो । आर्थर र थिरमन्ने दुबै जनालाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै अलग्याइएको छ ।