खेलकुद |

डिभिजन २ का लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २३ गते । नेपाल क्रिकेट संघ(क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) क्रिकेट विश्वकप लिग डिभिजन २ खेल्न बन्द प्रशिक्षणका लागि खेलाडी चयन गरेको छ । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्नुभएका तीब्र गतिका बलर जितेन्द्रकुमार मुखिया भने ३२ जना खेलाडी सम्मिलित टोलिमा हुनुहुन्न ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलले डिभिजन २ का लागि राष्ट्रिय क्रिकेट टोलिको छनोट गर्न ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जानकारी दिनुभएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका पहिलो २१ जना खेलाडीलाई दुई चरणमा प्रशिक्षण दिइनेछ । पहिलो चरणको प्रशिक्षण माघ २४ गतेबाट सुरु हुनेछ ।
क्यानका अनुसार पहिलो चरणमा बन्द प्रशिक्षणमा परेका खेलाडीमा पृथु बास्कोटा, सौरभ खनाल, बिक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी र आसिफ शेष छन् ।
त्यसैगरी, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरि शंकर साह, विवेक यादब, रामनरेश गिरी, अर्जून कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा र पवन सर्राफ छन् ।
अनुभवी खेलाडीलाई दोस्रो चरणको बन्द्र प्रशिक्षणमा बोलाइनेछ । अनुभवी खेलाडीहरुमध्ये पारस खडका, सोमपाल कार्मी, करण केसी र कुशल मल्ल अबुधाबी टी टेन खेल्न यूएईमा हुनुहुन्छ । शरद भेषवाकर, अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्ल भने प्रधानमन्त्री कप क्रिकेटपछि आराममा हुनुहुन्छ ।
टोलिमा अनिलकुमार मण्डल समेत अटाउन सक्नुभएन । मण्डलले प्रधानमन्त्री कप क्रिकेटमा दुई अद्र्धशतक लगाउनुभएको थियो । प्रधानमन्त्री कप क्रिकेटमा लयमा नदेखिएका रोहित पौडेल भने बन्द प्रशिक्षणका लागि बोलाइएका छन् ।