खेलकुद |

बङ्गलादेश र न्युजिल्याण्डबीचको श्रृखंला एक साता पर धकेलियो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २३ गते । बङ्गलादेश र न्युजिल्याण्डबीचको अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी अन्तर्राष्ट्रिय एक साता पर धकेलिएको छ । मार्च १३ मा पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल हुने तय भएको थियो ।
न्युजिल्याण्ड क्रिकेट बोर्डले बङ्गलादेशको न्युजिल्याण्ड विरुद्धको श्रृखंला एक साता पर धकेलिएको तालिका सार्वजनिक गरेको हो । तालिका बमोजिम तीन खेलको एकदिबसीय श्रृखंलाको पहिलो खेल मार्च २० मा ड्युनेडिनमा हुनेछ । दोस्रो एकदिबसीय क्राइस्टचर्चमा मार्च २३ मा खेलाइनेछ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल वेलिंग्टनमा २६ मार्चमा हुनेछ ।
दुई देशबीचको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय हेमिल्टनमा मार्च २८ का लागि निर्धारित गरिएको छ । दोस्रो टी ट्वान्टी नेपियरमा मार्च ३० मा र तेस्रो तथा अन्तिम टी ट्वान्टी अकल्याण्डमा अप्रिल १ मा हुनेछ ।