खेलकुद |

बन्द प्रशिक्षण सुरु

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २४ गते । आईसीसी विश्व कप क्रिकेट लिग डिभिजन २ अन्तगर्तको त्रिकोणात्मक श्रृखंलाको तयारी स्वरुप नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा आजबाट बन्द प्रशिक्षण सुरु भएको हो ।
पहिलो चरणको बन्द प्रशिक्षणमा २१ जना खेलाडी सम्मिलित छन् । प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि डेभ व्हाटमोरको प्रशिक्षणमा पहिलो पटक नेपाली टोलि त्रिकोणात्मक श्रृखंला खेल्नेछ । प्रशिक्षणमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम सहभागी छन् । त्यसैगरी, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर साह र विवेक यादब बन्द प्रशिक्षणका लागि बोलाइएका छन् ।


राम नरेश गिरी, अर्जून कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा र पवन सर्राफ सम्मिलित बन्द प्रशिक्षण बिहानबाट सुरु भएको नेपाल क्रिकेट संघले जनाएको छ । बाँकी रहेका ११ खेलाडी सम्मिलित प्रशिक्षण अर्को चरणमा हुने संघका सचिब अशोकनाथ प्याकुरेलले बताउनुभएको छ ।


नेपालले विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तगर्त आगामी मार्च २०२१ मा ओमानमा त्रिकोणात्मक श्रृखंला खेल्नेछ । उक्त एकदिबसीय श्रृखंलामा संयुक्त राज्य अमेरिका समेत सहभागी हुनेछ ।