एपीएफको लगातार सातौं जित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । सशस्त्र प्रहरी बल(एपीएफ)ले चौदण्डीगढीमाथि जित हात पारेको छ । राष्ट्रिय महिला लिगमा एपीएफको लगातार सातौं जित हो ।
राष्ट्रिय महिला लिग अन्तगर्त दोस्रो चरणको चौथो खेलमा एपीएफले उदयपुरको चौदण्डीगढीमाथि १४–० को जित हात पारेको छ । पहिलो लिग खेलमा चौदण्डीगढी एपीएफबाट २२–० को विशाल अन्तरले हार बेहोरेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा एपीएफका लागि सबित्रा भण्डारी एक्लैले आठ गोल गर्नुभयो । अनिता केसी र अनिता बस्नेतले सामान दुई दुई गोल गर्नुभयो । अनु लामा र रबिना गोलेले सामान एक एक गोल गर्नुभयो ।
जितसँगै एपीएफले अङ्क तालिकामा दोस्रो स्थान त्रिभुवन आर्मीभन्दा पाँच अङ्कको स्पष्ट अग्रता कायम गरेको छ । चौदण्डीगढी हालसम्म एउटै खेल जित्न सकेको छैन् । तालिकाको पूछारमा रहेको ऊ अङ्क जोड्न अझै संघर्षरत छ ।