खेलकुद |

बेयार्न म्युनिकले क्लब विश्वकपको फाइनलमा टिग्रेसको सामना गर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बेयार्न म्युनिक फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । बेयार्न म्युनिकले इजिप्टको अल अहिलीलाई हराएको हो ।
जर्मन बुन्डेसलिगाको विजेता बेयार्नले क्लब विश्वकपको फाइनलमा मेक्सिकोको टिग्रेसको सामना गर्नेछ । जर्मनीका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको १७ औं मिनेटमा गोल गर्दै अल अहिलीमाथि १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा समेत उत्कृष्ट स्पर्धा गरेको अल अहिलीले बेयार्नको पोष्टमा गोल भने गर्न सकेनन ।
८५ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बेयार्न म्युनिकले २–० को जित हात पार्न सफल भयो । लेवान्डोस्कीले आफ्नो २७ औं खेलमा २९ औं गोल गर्नुभयो ।
क्लब फुटबलको उपाधिका लागि बेयार्नले मेक्सिकोको टिग्रेससँग बिहीबार स्पर्धा गर्नेछ ।