खेलकुद |

सोफिया केनिन अष्ट्रेलियन ओपनबाट बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २९ गते । अष्ट्रेलियन ओपन महिला विधातर्फका साबिक विजेता सोफिया केनिन दोस्रो राउन्डबाट बाहिरिनुभएको छ । केइया कानेपीसँग सोझो सेटमा पराजित हुँदै उहाँ अष्ट्रेलियन ओपनबाट बाहिरिनुभएको हो ।
चौथो वरियताकी अमेरिकी सोफिया ६–३, ६–२ को सोझो सेटमा पराजित हुनुभयो । कानेपीका लागि २२ वर्षीया सोफिया केनिनलाई मार्गरेट कोर्ट अरेनामा हराउन ६४ मिनेट पर्याप्त भयो । इस्टोनियाकी ३५ वर्षीया कानेपीले मेलबर्न पार्कमा सबै सातवटै ब्रेक अङ्कको सुरक्षा गर्नुभयो ।
वरियताविहीन कानेपीले तेस्रो चरणमा क्रोएशियाकी २८ औं वरियताका डोन्ना भेकिकको सामना गर्नुहुनेछ ।