नोभाक जोकोभिचले जिते अष्ट्रेलियन ओपन
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ९ गते । नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जित्नुभएको छ । उपाधिको लागि भएको होडमा डेनिल मेदभेदेभलाई हराएर उहाँले आफ्नो टेनिस जिवनको १८ औं ग्राण्ड स्लाम उपाधि हात पार्नुभयो ।
शीर्ष वरियताका जोकोभिचले मेदभेदेभलाई ७–५ ६–२ ६–२ ले पराजित गरेर अष्ट्रेलियन ओपनको पुरुष तर्फको उपाधि हात पार्नुभएको हो । उहाँले रोजर फेडेरर र राफल नाडलसँग ग्राण्ड स्लामको संख्या बराबरी गर्न अझै दुई उपाधि हात पार्न बाँकी छ ।
३३ वर्षीय सर्बियाली जोकोभिचले मेलबर्न पार्कमा हालसम्म एउटै फाइनल खेल हार्नुभएको छैन् । आफ्नो उक्त कीर्तिमानको उहाँले निरन्तरता दिनुभयो । रुसी चौथो वरियताका २५ वर्षीय मेदभेदेभले भने मेलबर्न पार्कमा आफ्नो दुबै फाइनल खेलमा हार बेहोर्नुपरेको हो ।
मेदभेदेभले लगातार २० खेल जितेर फाइनलमा जोकोभिचसँग भेट्ने यात्रा तय गर्नुभएको थियो ।