खेलकुद |

पहिलो सुपर लिग फुटबल वैशाख ११ गतेदेखि हुने

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । नेपाल सुपर लिग फुटबल आगामी वैशाख ११ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले पत्रकार सम्मेलनको आयोजना गरी सुपर लिगबारे जानकारी गराएको हो ।
सुपर लिगको आयोजना ‘नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट’ले गर्ने एन्फाले जनाएको छ । एन्फाले प्राविधिक सहयोग गर्नेछ । सुपर लिगको सबै खेलहरु दशरथ रङ्शालामा खेलाइनेछ । सुपर लिगमा सहभागी हुने टोलीहरु प्रत्येक प्रदेशको शहरको प्रतिनिधित्व गर्नेछ । फ्रेञ्चाइजको नाम र स्वामित्वकत्र्ताबारे पछि मात्रै सार्वजनिक गरिनेछ ।
सुपर लिगमा सहभागी हुने प्रत्येक फ्रेञ्चाइजले विदेशी खेलाडीसहित २० जना राख्न पाउनेछ । खेलाडीहरुलाई एन्फाले वर्गीकृत गर्नेछन् र निलामी प्रकृयाबाट खरिद बिक्री हुनेछ । राउन्ड रोबिन स्वरुपमा लिगमा कुल १९ खेल हुनेछ ।