खेलकुद |

मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले एल्कमाथि जित हात पारेको छ । स्पेनिस ला लिगा अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा बार्सिलोनाले एल्कमाथि ३–० को जित हात पारेको हो ।
बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा नै गर्यो । आर्जेन्टाइन फरवार्ड लियोनल मेस्सीले ४८ औं मिनेटमा मार्टिन ब्रैथवेटले दिनुभएको पासलाई गोलको दिशा दिनुभयो । २० मिनेटपछि ३३ वर्षीय मेस्सीले फ्रयाङ्की डे जङ्गको पासलाई गोलमा परिणत गर्दा बार्सिलोनाले २–० को अग्रता बनाउन सफल भयो । दुई गोल गरेपछि स्पेनिस ला लिगाको जारी संस्करणमा लियोनल मेस्सी सबैभन्दा बढी गोलकत्र्ता बन्नुभएको हो । उहाँले १८ गोल गर्नुभएको छ । लुइस सौरेजले १६ गोल गर्नुभएको छ ।
जोर्डि अल्बाले ७३ औं मिनेटमा मार्टिन ब्रैथवैटको हेडरलाई गोलको दिशा दिनुभयो ।
जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । २४ खेलबाट उसले ५० अङ्क बटुलेको छ । शीर्ष स्थानको एटलेटिको मड्रिडले २३ खेलबाट ५५ अङ्क र दोस्रो स्थानको रियल मड्रिडले २४ खेलबाट ५२ अङ्क जोडेको छ ।