खेलकुद |

क्रिस गेल र फिडेल एडवाड्सको पुनरामगन

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १५ गते । क्रिस गेल वेष्टइन्डिज क्रिकेट टोलिमा पुनरागमन गर्नुभएको छ । पछिल्लो दुई वर्षमा उहाँले पहिलोपटक वेष्टइन्डिजको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लाग्नुभएको हो ।
वेष्टइन्डिज क्रिकेट बोर्डले श्रीलङ्का विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंलाका लागि क्रिस गेल र फिडेल एडवाड्सलाई टोलिमा स्थान दिएको हो । ३९ वर्षीय एडवाड्स सन् २०१५ पछि पहिलो पटक वेष्टइन्डिजका लागि खेल्न लाग्नुभएको हो । तीब्र गतिका बलर एड्वाडसले वेष्टइन्डिजका लागि ५५ टेष्ट खेल्नुभएको छ ।
पाकिस्तान सुपर खेल्न कराँची पुग्नुभएका गेल लिग छोडेर यसै साता एन्टिगा पुग्नुभएको छ । टोलि ब्यवस्थापनले लिएको फिटनेश परीक्षणमा सफल भएपछि उहाँलाई श्रीलङ्का विरुद्धको श्रृखंलाका लागि टोलिमा राखिएको हो । गेलले पछिल्लो पटक सन् २०१९ मा भारत विरुद्धको टी ट्वान्टी श्रृखंला खेलिरहँदा उक्त श्रृखंला नै वेष्टइन्डिजको प्रतिनिधित्व गरी आफ्नो अन्तिम श्रृखंला हुने घोषणा गर्नुभएको थियो । त्यसयता उहाँले लिग प्रतियोगिता खेल्दै आएको भएपनि राष्ट्रिय टोलिका लागि खेल्ने इच्छा देखाउनुभएको थिएन ।
टोलिमा गायनाका अफस्पिनर केभिन सिन्क्लैरले समेत स्थान पाउनुभएको छ । उहाँलाई टी ट्वान्टी अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय एकदिबसीय दुबै खेल्न टोलिमा बोलाइएको छ ।