म्बाप्पेको दुई गोलमा पीएसजीको जित
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १६ गते । कायल म्बाप्पेले दुई गोल गरेपछि पेरिस सैन्ट जर्माइन(पीएसजी)ले डिजोनमाथि आरामदायी जित हात पारेको छ । फ्रेञ्च ए लिग अन्तगर्त गए राति सम्पन्न खेलमा पीएसजीले डिजोनमाथि ४–० को जित हात पारेको हो ।
डिजोनमाथि जित हात पार्ने क्रममा पीएसजीले पहिलो र दोस्रो दुबै हाफमा सामान दुई दुई गोल गर्यो । एभर्टनबाट ऋणमा पीएसजी आउनुभएका मोइज किनले सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । ३२ औं मिनेटमा पाएको पेनाल्टीलाई कायल म्बाप्पेले गोलमा परिणत गर्दै खेल २–० को स्थितिमा पुर्याउनुभयो । ५१ औं मिनेटमा पीएसजीका लागि म्बाप्पेले अर्को गोल थप्दा पीएसजीले ३–० को अग्रता बनायो । पीएसजीका लागि म्बाप्पेले ११३ औं गोल पुरा गर्नुभयो ।
डेनिलोले ८२ औं मिनेटमा जुलियन ड्रेक्जेलरको कर्नरलाई हेडरमार्फत् गोल गर्दा पीएसजीले डिजोनमाथि ४–० को जित सुनिश्चित गर्यो । जितसँगै पीएसजी फ्रेञ्च लिग अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिएलले २६ खेलबाट ५८ अङ्क बटुलेको छ । पीएसजीको ५७ अङ्क छ ।