खेलकुद |

एन्फाले ‘थ्री नेशन टुर्नामेन्ट’ आयोजना गर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले तीन राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश र किर्गिस्तान सहभागी हुनेछ ।
प्रतियोगिता चैत्त ९ गते सुरु भई चैत्त १७ गतेसम्म चल्ने एन्फाले जनाएको छ । किर्गिस्तानले २३ वर्ष मुनिको फुटबल टोलिलाई सहभागी गराउनेछ । फिफाले मान्यता दिएको उक्त प्रतियोगिता राउन्ड रोबिन हुनेछ । लिगमा तीन वटै टोलिले एक अर्का विरुद्ध दुई खेल खेल्नेछ । र लिगमा जम्मा चार खेल हुनेछ । शीर्ष दुई टोलि प्रतियोगिताको उपाधिका लागि स्पर्धा गर्नेछ ।
एशिया कप र विश्वकप छनोट खेल स्थगित भएपछि एन्फाले उक्त रिक्तता पूर्ति गर्न प्रतियोगिताको आयोजना गर्न लागेको हो । ‘थ्री नेशन टुर्नामेन्ट’को सबै खेल दशरथ रङ्गशालामा हुनेछ ।