नेपाल पुलिस ७२ रनमा समेटियो, आर्मीको एपीएफलाई २३६ रनको लक्ष्य
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । काठमाडौंमा शनिबारबाट सुरु भएको मेयर कप क्रिकेटको दोस्रो खेलमा नेपाल पुलिस क्लब ७२ रनको झिनो योगफलमा समेटिएको छ । बागमतीले उसलाई २५ ओभर २ बलमा मात्र ७२ रनमा रोकेको हो ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय नेपाल पुलिसले १९ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर सुनिल धमलाले १० र कुशल भुर्तेलले दुई रन बनाएर पेभेलियन फर्किनुभयो । कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठको रुपमा बागमतीका नन्दन यादबले लगालग तीन विकेट लिएपछि पुलिसको पारी धरमराएको थियो । मध्यक्रममा अनिलकुमार साह र दिलीप नाथले सामान दश दश रन तथा मञ्जित श्रेष्ठले १५ रनको योगदान दिनुभयो ।
उसको पारीका छ जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन ।
बागमतीका लागि नन्दन यादवले तीन तथा अरियो पौडेलले चार र सोनु देवकोटाले एक विकेट लिनुभयो ।