खेलकुद |

रियलले एटलेटिकोलाई रोक्दा बार्सिलोनालाई फाइदा

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडलाई बराबरीमा रोकेको छ । एटलेटिको १–१ को बराबरीमा रोकिदा दोस्रो स्थानको बार्सिलोनाले शीर्ष स्थानको एटलेटिकोसँग अङ्क तालिकामा तीन अङ्कको दूरीमा रहेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको एटलेटिकोको ५९ अङ्क छ । रियल मड्रिडले भने बार्सिलोना जत्तिकै २६ खेलबाट ५४ अङ्क जोडेको छ ।
करिम बेञ्जिमाले अन्तिम समयमा गर्नुभएको गोल एटलेटिकोलाई बराबरीमा रोक्न पर्याप्त भयो । रियल मड्रिडले एटलेटिकोलाई बराबरीमा रोक्दा शीर्ष स्थानमा पाँच अङ्कको स्पष्ट अग्रता लिनबाट समेत रोकियो ।
फ्रान्सेली स्ट्राइकर बेञ्जिमाले खेल अबधिभरि पटक पटक गोलका लागि गर्नुभएको प्रयास जान ओब्लाकले विफल तुल्याउनुभयो । लुईस सौरेजले सुरुवाती गोल गर्दै एटलेटिकोलाई महत्वपूर्ण अग्रता दिलाउनुभयो । उहाँले १५ औं मिनेटमा गोल गर्नुभयो ।