लगातार छैठौं हारपछि लिभरपुल आठौं स्थानमा चिप्लियो
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । लिभरपुलले घरेलु मैदानमा लगातार छैठौं हारको सामना गरेको छ । प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लिभरपुललाई फुलहमले १–० ले हराएको हो ।
मारियो लेमिनाले हाफटाइम सकिन ठीक अघि गर्नुभएको गोल नै फुलहमको लिभरपुलमाथि जित दिलाउन पर्याप्त भयो । ४५ औं मिनेटमा फुलहमले लिभरपुलमाथि १–० को अग्रता लिन सफल भो । सन् २०१२ पछि फुलहमको एनफिल्डमा यो पहिलो जित हो । घरेलु मैदानमा लगातार छैठौं हारपछि लिभरपुल भने अब अन्तिम चारमा पर्न संघर्षरत देखिएको छ ।
१८ औं स्थानको फुलहमले लिभरपुललाई हराउँदा ऊ आठौं स्थानमा झरेको हो । लिभरपुलले २८ खेलबाट ४३ अङ्क बटुलेको छ ।