खेलकुद |

दोस्रो टेष्टको पहिलो पारीमा अफगानिस्तानको सम्हालिएको प्रदर्शन

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । अफगानिस्तानले जिम्बाबवे विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा सम्हालिएको प्रदर्शन गरेको छ । पहिलो दिनको खेल जारी रहँदा अफगानिस्तानले तीन विकेटको क्षतिमा १९२ रन बनाएको छ ।
अबुधाबीमा टस जितेर पहिला ब्याटिंग रोजेको अफगानिस्तानका लागि ओपनर इब्राहिम जर्दनले ७२ रनको उत्कृष्ट पारी खेलेपछि उसले औसत प्रदर्शन गर्न सकेको हो । जर्दनले आफ्नो तेस्रो टेष्ट अद्र्धशतक पुरा गर्नुभयो ।
अर्का ओपनर जावेद अहमदी चार रनमै पेभेलियन फर्केपछि दबाबमा आएको अफगानिस्तानको पारीलाई जर्दनले रहमत शाह र हश्मतुल्लाह शाहिदीसँग साझेदारी गर्दै अगाडि बढाउनुभयो । दोस्रो विकेटका लागि जर्दनले शाहसँग ५० रनको साझेदारी गर्नुभयो । शाह पेभेलियन फर्किदा जर्दनले हश्मतुल्लाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्नुभयो । हश्मतुल्लाहले कप्तान अश्गर अफगानसँग चौथो विकेटका लागि अविजित ७१ रनको साझेदारी गर्नुभएको छ ।
जिम्बाबवेका लागि भिक्टर नौची र र्यान बर्लले सामान एक विकेट लिनुभयो । रहमत शाह भने रन आउट हुनुभयो ।
दुई खेलको श्रृखंलामा जिम्बाबवेले पहिलो टेष्ट खेल जितेर १–० को अग्रता लिएको छ ।