खेलकुद |

सातदोबाटोले बी डिभिजनको ट्रफी उचाल्यो

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । सातदोबाटो युथ क्लबले बी डिभिजन फुटबल लिगको उपाधि उचालेको छ । सातदोबाटोले ११ खेलबाट २८ अङ्क जोडयो । दोस्रो स्थानको खुमलटारले ११ खेलबाट आठमा जितसँगै २५ अङ्क जोडेको छ ।
अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिमलाई मालडिना अङथुपोले ६७ औं मिनेटमा गर्नुभएको गोल नै निर्णायक हुन गयो । विजेता सातदोबाटोले १५ लाख रुपियाँसहित ट्रफी पाएको हो । उपविजेता खुमलटारले भने दश लाख रुपियाँबाट पुरस्कृत भयो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले विजेतालाई ट्रफी प्रदान गर्नुभयो ।