खेलकुद |

पीएसजीलाई फ्रेञ्च कपको क्वार्टरफाइनलमा पुर्याउन म्बाप्पे नायक

गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ५ गते । कायलन म्बाप्पेले दुई गोल गरेपछि पेरिस सैन्ट जर्माइन(पीएसजी)ले लिलीलाई हराउँदै फ्रेञ्च कपको क्वार्टरफाइनलमा पुगेको छ । पीएसजी फ्रेञ्च कपको क्वार्टरफाइनलमा लगातार सातौं पटक पुग्न सफल भएको हो ।
पीएसजीले अन्तिम १६ को खेलमा लाजियोमाथि ३–० को जित हात पार्यो । पहिलो हाफको उत्तराद्र्धमा आफ्नो पहिलो गोल गर्नुभएका म्बाप्पेले दोस्रो हाफमा गोल थप्दै दोस्रो गोल पुरा गर्नुभयो । त्यसअघि इकार्डीले ९ औं मिनेटमा सुरुवाती गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाउनुभयो । पीएसजीले ४१ औं मिनेटमा पाएको पेनाल्टीलाई म्बाप्पेले गोलको दिशा दिनुभयो ।
फ्रेञ्च कप फुटबल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको पीएसजीले १४ औं पटक उपाधि जित्ने अभियानमा रहेको छ । लिग वान मा भने लिलीले पीएसजीमाथि तीन अङ्कको अग्रता कायम राखेको छ ।