अफगानिस्तानले पहिलो टी ट्वान्टी जित्यो
गोरखापत्र अनलाइन
काठमाडौं, चैत ५ गते । अफगानिस्तानले जिम्बाबवे विरुद्धको पहिलो टी ट्वान्टी खेल जितेको छ । पहिलो टी ट्वान्टीमा ४८ रनको जितसँगै अफगानिस्तानले तीन खेलको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएका] छ ।
अफगानिस्तानले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउँदै जिम्बाबवेले पूरै २० ओभर खेले पनि सात विकेटको क्षतिमा मात्र १५० रन जोड्न सक्यो । जिम्बाबवेका लागि ओपनर टिनाशे कमुनहुकाम्वेले सर्वाधिक ४४ रनको योगदान दिनुभयो । पहिलो विकेटका लागि कमुनहुकाम्वेले तरसै मुस्काण्डासँग ३८ रनको साझेदारी गरेर औसत सुरुवात दिलाउनुभयो । कप्तान सीन विलियम्सले २२ र सिकन्दर राजाले समेत २२ रनको योगदान दिनुभयो । तर जितका लागि पर्याप्त भएन ।
अफगानिस्तानका लागि फरिद अहमद र करिम जनतले सामान दुई दुई तथा राशिद खानले सर्वाधिक तीन विकेट लिनुभयो ।
त्यसअघि, अबुधाबीमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १९८ रनको योगफल तयार गर्यो । अफगानिस्तानका लागि विकेटकीपर एवम् ओपनर ब्याट्सम्यान रहमनुल्लाह गुरबजले मात्र ४५ बलको सामना गर्दै छ चौका र सात छक्काको सहयोगमा सर्वाधिक ८७ रनको पारी खेल्नुभयो । अर्का ओपनर करिमले २६ रन बनाएर पेभेलियन फर्किनुअघि पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्नुभयो । कप्तान असगर अफगानले ५५ रनको पारी खेल्नुभयो ।
जिम्बाबवेका लागि रिचर्ड गार्भा र ब्लेसिंग मुजरबानीले सामान दुई दुई तथा र्यान बर्लले एक विकेट लिनुभयो ।
अफगानिस्तानका ब्याट्सम्यान रहमनुल्लाह गुबर्ज प्लेयर अफ द म्याच घोषित हुनुभयो ।