पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने
गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १३ गते ।
दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत्त १४ गते देखि २३ गते सम्म पारा ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।
च्यापिम्यनशीपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिता आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामा नै सहभागिता जनाउँदै स्तरीयता प्रदर्शन गर्दै आईरहेका खेलाडी हुनुहुन्छ ।
खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्नुभयो ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको भन्नुहुँदै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताउनुभयो ।