क्लब लिग भलिबल सुरु
गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले एक कार्यक्रमका विच अन्तराष्ट्रिय रेफ्रि गौतम लासिवालाई भलिबल प्रदान गर्दै उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले हिजोको दिनमा फुटबलले मात्र प्रायोजन पाउँदै आएकोमा आज आएर भलिबलले पनि प्रायोजन पाउन थालेकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने क्रममा खेलाडीहरुले दक्षिण एसियाली खेलमा मात्र होइन अव एसियाली खेलमा पनि भलिबलमार्फत पदक प्राप्त गर्नुका साथै राष्ट्रको नामलाई बिश्वमा उजागर गर्नुपर्छ भन्दै खेलाडीहरुलाई हौसला प्रदान गर्नुभयो ।
राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष धनीराम शर्माले आफू पनि भलिबल खेलको पारखी रहेको भन्दै भलिबललाई आगामी दिनमा अझ बढी सहयोग पु¥याउने बताए ।
पुलिस र एपिएफको विजयी सुरुवात
लिग भलिबल च्याम्पियनसिपमा विभागिय टोली पुलिस क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३ – ० को जित निकाल्यो । तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५ – ०९, २५ – २१ र २५ – १६ ले पराजित गर्दै तीन अंक बटुल्न सफल भयो ।
एपिएफ क्लब र बुलबुले रारा क्लबबिचको खेल निकै नै प्रतिस्पर्धात्मक रह्यो । एपिएफले बुलबुलेलाई ३–१ सेटले पराजित ग¥यो । पहिलो र दोस्राे सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेस्राे सेटमा पराजित हुन पुग्यो । तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेस्राे सेटमा एपिएफ माथि २५–१८ को जित हात पा¥यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२ – ३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।
महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–०५ ले पराजित गरेको हो ।