सीमा राजबंशी मेयर कप ब्याटमिन्टनको सेमिफाईनलमा पुगिन्
गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २८ गते ।
कस्तुरी कलेजकी सीमा राजबंशी प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्नुभएको छ । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सीमाले शनिबार सम्पन्न प्रिक्वाटरफाईनल खेलमा पकलीकी नविना राईलाई २१–८, २१–७ को सोझो सेटमा पराजित गर्नुभयो । क्वाटरफाईनलमा काकरभिट्ठाकी अञ्जना राई र बिराटनगरकी भावना गुरुङ्गविचको विजेता संग क्वाटरफाईनलमा खेल्नु पर्नेमा दुवै उपस्थित नभए पछि सीमाले सिधै एक प्रतियोगिता खेल्दै सेमिफाईनलमा स्थानपक्का गर्नुभएको हो।
अन्तिम आठमा प्रवेश गर्ने अन्यमा धनकुटाकी गिता राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राई, सुनसरीकी सृष्टी राई, धनकुटाकी अरुणा तामाङ्ग, सुनसरी ब्याडमिन्टन एकेडेमीकी आरजु सिग्देल र बिराटनगरकी रोजी पाण्डे हुनुहुन्छ । गिताले सुनसरीकी लिना छेवाङ्गबाट वाकओभर प्राप्त गर्नुभयो । यस्तै रोजी राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी संध्या श्रेष्ठलाई २१–१०, २१–१३, सृष्टीले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोश्मीता राईबाट वाकओभर, अरुणाले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेश्ना गुरुङ्गलाई २१–६, २१–८, आरजुले राजवासकी रेश्मा राईबाट वाकओभर र रोजले बेलटार ब्याडमिन्टन एकेडेमीकी स्मृती राईलाई २१–३, २१–१ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गर्नुभएको छ ।
झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला युगल तर्फको खेलमा संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी क्वाटरफाईनल प्रवेश गर्न सफल हुनुभयो । उक्त जोडीले ईटहरीका कुशुम मगर र उदय थापाको जोडीलार्य २१–१४ को समान अन्तरले पराजित गरेको हो । यस्तै बेलबारीका अजय चौधरी र मन्दिप घलेको जोडीले ओखलढुङ्गाका एजुकेल राई र मनिष राईको जोडीलाई २१–८, २१–१७, धरानका प्रकाश लिम्बु र श्याम सुब्बाको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका केनिश मगर र निर्जल मगरको जोडीलाई २१–१३, २१–११, सुनसरीका सन्तोष खड्का र रविन साउदेनको जोडीले बेलबारीका दिनेश पन्त र मुहाङ्ग राईको जोडीलाई २१–११, २१–१९, ईटहरीका सुसन राई र राम योञ्जनको जोडीले बेलटार ब्याडमिन्टनका बिनय चौधरी र सनिल चौधरीको जोडीलाई २१–९, २१–१२, पाँचथरका एशिया जुवेगु र ते¥हथुमका नविन सिलवालको जोडीले ईटहरीका रमेश लामिछाने र अशोक राईको जोडीलाई २१–८, २१–७ले, बेलबारीका नविन राई र लाक्पा शेर्पाको जोडीले ईटहरीका पुर्ण बुढा र सविन खनालको जोडीलाई २०–२२, २१–१७, २१–१९ ले तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडीले ते¥हथुमका रविन अङखेवा र झुम्काका नुनुलाल चौधरीबाट वाकओभर प्राप्त गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
प्रतियोगिताको क्वाटरफाईनल आजै ढिलोगरि हुने प्रतियोगिता रेफ्रि तथा म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी गराउनुभएको छ । यस्तै शाक्यका अनुसार आईतबार सेमिफाईनल र फाईनलका खेलहरु हुने छन् ।
प्रतियोगिताको महिला एकल तर्फ १६, पुरुष युगल तर्फ २१, आन्तरिक युगल तर्फ ५२ र भेट्रान्स तर्फ २१ जोडीले सहभागिता जनाएका छन् ।
करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै महिला एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।