‘टोक्यो ओलम्पिक शत प्रतिशत हुन्छ’
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते । टोक्यो २०२० का प्रमुख सैको हाशिमोतोले ओलम्पिक खेल शतप्रतिशत निश्चित भएको बताउनुभएको छ । तर उहाँले कोरोनाभाइरस प्रकोपको रुप लिए टोक्यो ओलम्पिकका खेलहरु दर्शकको अनुपस्थितिमा हुने प्रष्ट्याउनुभएको हो ।
टोक्यो ओलम्पिक सुरु हुन करिब ५० दिन बाँकी छ । पहिलो पटक स्थगित भएको खेल आगामी जुलाई २३ देखि सुरु हुनेछ । जापान कोरोनाभाइरसको सङ्क्रमित हुनेको सङ्ख्या बृद्धि हुँदा सङ्घर्षरत छ । हाशिमोतोले बीबीसीसँगको कुराकानीमा खेल हुने सम्भावना शतप्रतिशत रहेकोमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ । अहिलेको सबाल हामी आफैं कति धेरै सुरक्षित र सुरक्षा प्रदान गरेर अगाडि बढ्नु रहेको उहाँले बताउनुभयो ।