खेलकुद |

केसिकोभाले जितिन् फ्रेञ्च ओपन

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३० गते । बारबरा केसिकोभाले फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो ।
रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४ ले हराउँदै केसिकोभाले उपाधि हात पार्नुभयो । वरीयताविहीन २५ वर्षीया केसिकोभाले ग्रान्ड स्लामको उपाधि जाना नोभोत्नालाई समर्पित गर्नुभयो । ४९ वर्षीया नोभोत्ना केसिकोभाकी मेन्टनर हुनुहुन्थयो । उहाँको मृत्यु सन् २०१७ मा क्यान्सरले भएको थियो ।