सात स्वर्णसहित पदक तालिकामा अमेरिका शीर्षस्थानमा उक्लियो
गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्षस्थानमा उक्लेको छ । अमेरिकाले सात स्वर्ण जितेको छ । यसअघि शीर्ष स्थानमा रहेको चीन दोस्रो स्थानमा चिप्लिएको छ । चीनले छ स्वर्ण जितेको छ । यद्यपि पदक तालिकामा सबैभन्दा बढी पदक जित्नेमा चीन नै अगाडि रहेको छ । चीनले १५ पदक जितेको छ भने अमेरिकाले १४ पदक जितेको छ । हालसम्म ४१ स्वर्णको नतिजा आइसकेको छ ।
आयोजक जापानले हालसम्म छ स्वर्णसहित दश पदक जितेको छ । बेलायत र दक्षिण कोरियाले सामान तीन तीन स्वर्ण जितेको छ । अष्ट्रेलियाले दुई तथा रुससहित १४ राष्ट्रले एक स्वर्ण जितेको छ । इटाली, क्यानाडा, फ्रान्स, हङ्गेरी, ट्युनेसिया, स्लोभेनिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले एक एक स्वर्ण जितेको छ ।
नेदरल्याण्ड्स, ब्राजिल र चाइनिज ताईपेइले सामान तीन तीन पदक जितेको छ । स्पेन, इन्डोनेसिया, सर्बिया र स्वीटजरल्याण्डले दुई दुई पदक जितेको हो ।