खेलकुद |

चीनले स्वर्ण पदकमा जापान र अमेरिकासँगको अन्तर बढायो

गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । टोकियो ओलम्पिक २०२० मा चीनले स्वर्ण पदक जित्ने तालिकामा आयोजक जापान र अमेरिकासँगको दूरी बढाएको छ । चीनले हालसम्म १८ स्वर्ण पदक जितेको छ । आयोजक जापानले १६ तथा संयुक्त राज्य अमेरिकाले हालसम्म १४ स्वर्ण जितेको छ ।
हालसम्म १३४ स्वर्णको नतिजा आइसकेको छ । टोकियो ओलम्पिक २०२० मा कुल ३३९ स्वर्णका लागि स्पर्धा हुनेछ । चीनले १८ स्वर्ण, नौ रजत र ११ काँस्यसहित कुल ३८ पदक जितेको छ । जापानले हालसम्म १६ स्वर्ण, चार रजत र सात काँस्य पदकसहित कुल २७ पदक जितेको छ । संयुक्त राज्य अमेरिकाले हालसम्म १४ स्वर्ण, १६ रजत र ११ काँस्य पदकसहित कुल ४१ पदक जितेको छ । रुस ओलम्पिकले हालसम्म १० स्वर्ण, १३ रजत र १० काँस्य गरी कुल ३३ पदक जितेको छ ।
अष्ट्रेलियाले हालसम्म नौ स्वर्ण, दुई रजत र ११ काँस्यसहित कुल २२ पदक जितेको छ । बेलायतले हालसम्म छ स्वर्ण, नौ रजत र नौ काँस्यसहित कुल २४ पदक जितेको छ । दक्षिण कोरियाले पाँच स्वर्ण, नेदरल्याण्ड्स, फ्रान्स, जर्मनी, क्यानाडा, न्युजिल्याण्ड र चेक रिपब्लिकले सामान तीन तीन स्वर्ण पदक जितेको छ ।
इटाली, हँगेरी, स्लोभेनिया, क्रोएशिया, कोसोभोले दुई दुई स्वर्ण पदक जितेको छ । ब्राजिल, स्वीटजरल्याण्ड, जर्जिया, रोमानिया, चाइनिज ताईपेइ, हङ्गकङ्ग, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्बिया, नोर्वे, स्लोभाकिया, ट्युनिसिया, इष्टोनिया, आयरल्याण्ड, उज्वेकिस्तान, बरमूडा, इक्वेडर, फिजी, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाईल्याण्डले सामान एक एक स्वर्ण जितेको छ ।