खेलकुद |

क्यानाडाकी किशोरी यूएस ओपनको सेमीफाइनलमा पुग्नुभयो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । क्यानाडाकी किशोरी लेलाह फर्नान्डेज अमेरिकी टेनिस ओपनको सेमीफाइनलमा पुग्नुभएको छ । क्वार्टरफाइनलमा उहाँले एलिना भिटोलिनालाई हराउनुभएको हो ।
सोमबार मात्रै १९ औं वर्षमा प्रवेश गर्नुभएकी फर्नान्डेजले सेमीफाइनलमा एरिना सबालेन्काको सामना गर्नुहुनेछ । न्युर्योकमा आज सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा उहाँले भिटोलिनालाई ६–३ ३–६ ६–७ ६(७–५) ले हराउनुभएको हो ।
२६ वर्षीया भिटोलिनाले तेस्रो राउन्डमा ५–२ को अन्तर बनाउनुभयो तर फर्नान्डेजको उत्साहलाई कम गर्न सक्नुभएन । दोस्रो वरीयताकी साबालेन्काले फ्रेञ्च ओपन विजेता बारबोरा रेसिकोभालाई ६–१ ६–४ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा पुग्नुभएको छ ।
फर्नान्डेजले यूएस ओपन महिला एकल तर्फको साबिक विजेता जापानकी नओमी ओसाका र सन् २०१६ का विजेता एञ्जेलिक केर्बरलाई पारजित गर्नुभएको छ ।