खेलकुद |

प्रकाश दाहाल मेमोरियल बक्सिङ्ग प्रतियोगिता हुँदै

काठमाडौँ, असाेज २१ गते । प्रकाश दाहाल मेमोरियल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुँदैछ । नेपाल बक्सिङ्ग संघका अनुसार ५५ किलाे तौल समूहदेखि ९२ किलाे तौल समूहसम्म हुने प्रतियोगीतामा पहिलो हुने खेलाडीलाई नगद १० हजार रूपियाँ र वेष्ट बक्सरको उपाधि जित्ने खेलाडीलाई नगद २५ हजार रूपियाँ प्रदान गरिनेछ।

बुधबार भएकाे पत्रकार सम्मेलनमा नेपाल बक्सिङ्ग संघका महासचिव श्याम अवालेले अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि तैयारीमा लागेका खेलाडीलाई उच्च तहको प्रशिक्षण दिने तैयारी भइरहेको बताउनुभयाे । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपाली बक्सरले जित्ने पदकका कारण युवा आकर्षित हुने धारणा व्यक्त गर्नुभयाे।

साे अवसरमा विश्व च्याम्पियनसिपमा खेल्न जाने सनिल शाही, नेपाल प्रहरीका भूपेन्द्र थापामगर, एपिएफका पुरन राई र रविन थापा साे अवसरमा सम्मानित हुनुभएकाे थियाे । हालै काठमाडाैंमा भएकाे १३औँ सागमा सनिल शाहीले नेपालकाे लागि ताैल समूहमा स्वर्ण पदक जित्नुभएकाे थियाे ।