बक्सिङ्ग च्याम्पियनसिपमा जित हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा
काठमाडौँ, कात्तिक ४ गते । नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा जित हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गर्नुभएको छ ।
बेलग्रेड जाने खेलाडी तथा प्रशिक्षकलाई बिहिबार राखिएको खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रममा खेलाडीहरुको उपस्थिति भने थिएन ।
उहाँले प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले चार खेलाडी र प्रशिक्षकका लागि खेल पोशाक (ट्रायकसुट) संघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गर्नुभयो । प्रतियोगिता कात्तिक ८ गते देखि २० गतेसम्म सञ्चालन हुनेछ ।