खेलकुद |

सातदोबाटो युथ क्लवको तीन वर्षे सम्झौता

गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २ गते । नेपालको ए डिभिजन क्लबमा नवप्रवेशी सातदोबाटो युथ क्लबले बिहिबार टि १० सँग तीन वर्षको प्रायोजन सम्झौता गरेको छ । सो सम्झौताअनुसार टि १० सातदोबाटो युथ क्लबको आधिकारिक किट पार्टनर रहनेछ ।

भाटभटेनी होल्डिग कम्पनि प्रा. लि. टि १० को नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हो । सम्झौताअनुसार फुटबलमा पहिलो पटक क्लबको प्रदर्शनको आधारमा नगद बोनस प्रदान गरिनेछ ।

टि १० विश्व खेलकुदमा मुल्यवान ब्राण्डको रुपमा स्थापित छ । टि १० ले आइपीएलको पञ्जाव किग्स, ओमान, अमेरिका, कुवेतजस्ता राष्ट्रिय क्रिकेट टिम तथा दिल्ली डायनामोज, हैदरावाद एफसी, गोवा एफसी, आईएसएलको ओडिसा एफसी, भुटानको पारो एफसीजस्ता फुटबल टिमसँगलाई पनि प्रायोजन गरेको छ ।

०५७ सालमा स्थापामा भएको सातदोबाटो युथ क्लब पहिलो पटक ए डिभिजनमा बढुवा भएको हो । शहिद स्मारक ए डिभिजन लिग शुक्रबार सुरु हुँदैछ ।