नेपाली तेक्वान्दोमा सोचेजस्ताे स्तर वृद्धि भएन
प्रजित शाक्य
काठमाडौं, मंसिर १ गते । हाम्रो देशमा लाखौँ युवा प्रतिवर्ष उच्च अध्ययन र आकर्षक रोजगारीको चाहनामा अमेरिका, बेलायत, अस्ट्रेलिया, खाडी देशलगायत विभिन्न देशमा स्थानान्तर भएका छन् । आफन्तजनबाट वर्षौँ टाढा बस्नु परे पनि आकर्षक तलब र उच्च जीवनस्तरको चाहनामा नेपाली आफनो देश छाड्छन् । यसरी विदेशिनेमा साधारण जनतामात्र होइन, उचित मानसम्मान पाउने खेलाडी पनि कयौँ छन् । नेपालका तेक्वान्दो प्रशिक्षक लव गोर्खाली पनि यस्तै एक उदाहरण हुनुहुन्छ ।
गोर्खाली दुई दशकअघि अमेरिकामा लाग्नुभएको हो । तर प्रशिक्षक गोर्खाली अन्यभन्दा एउटा कारणले भिन्न हुनुुहुन्छ । खेलकर्मीले विदेशमा गएर पुनः आफूले जानेको खेललाई नै पेशा बनाएको उदाहरण कम छन् । तर गोर्खाली अमेरिकामा बसेर अहिले पनि तेक्वान्दोको निरन्तर साधानमा हुनुहुन्छ । तेक्वान्दोलाई नै पेशा बनाउनुभएको छ । अमेरिकामा अहिले उहाँले दुई वटा तेक्वान्दो एकेडेमी खोल्नुभएको छ । यो बाहेक नेपाली तेक्वान्दोको प्रवद्र्धनमा पनि सक्रिय हुुनुहुन्छ । त्यसैले पनि गोर्खालीले आफूलाई नेपाली तेक्वान्दोबाट हराउन दिनुभएको छैन ।
आइओएफटिसी सफल पार्ने अहिलेको लक्ष्य
हाल उहाँ नेपालमा हुनुहुन्छ, तेक्वान्दोको एक ठूलो प्रतियोगिता अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)लाई सफल बनाउन । आइओएफटिसी प्र्रत्येक दुई वर्षमा आयोजना हुने गर्दछ । तेक्वान्दो प्रतियोगिताबाट प्रतिस्पर्धाका साथै विभिन्न देशबीचको सांस्वृmतिक आदानप्र्रदान गर्ने थलो बनाउने ग्रान्डमास्टर दीवाकर महर्जनको सोच अहिले वृहत बनिसकेको छ । यस प्रतियोगिताको विशेषता भनेको फरकफरक देशमा यसको आयोजना नै हो । अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोसो संस्करणमा यो प्रतियोगिता फर्किन्छ । कारण यसको मुख्यालय पोर्टल्यान्डमै छ । अहिलेसम्म पोर्टल्यान्डबाहेक नेपाल हङकङ, भारत र लन्डनमा आइओएफटिसीको आयोजना भइसकेको छ ।
यसपाली यो प्रतियोगिता गर्ने जिम्मा गोर्खालीले लिनुभएको छ । सन् २००० मा पहिलो पटक भएको यो प्रतियोगिताले अहिले १३ औँ संस्करणसम्म आइपुग्दा वृहत आकार लिइसकेको छ । प्रत्येक संस्करणमा संसारभरबाट पाँच/छ सयसम्म खेलाडीको सहभागिता हुने गर्दछ । यति धैरै खेलाडी, तिनीहरूसँग आउने प्र्रशिक्षक, अफिसियलको व्यवस्थापन चानचुने कुरा होइन । विश्वभरका खेलाडीले भाग लिँदा आर्थिक दृष्टिकोणले पनि बोझिलो हुन्छ । तर गोर्खाली यसपटक मिचिगनमा रहेको आप्mनो तेक्वान्दो एकेडेमीमा आइओएफटिसीको सफल आयोजना गर्नेमा ढुक्क हुनुहुन्छ ।
यो प्रतियोगिता नेपाली तेक्वान्दो खेलाडीहरुका लागि पनि अवसर हो । संयोजक गोर्खालीले सो प्रतियोगितामा नेपाली खेलाडी छनोट गर्न जिम्मेवारी नेपाल तेक्वान्दो संघका प्रशिक्षक टिमलाई नै दिने कुरा भइसकेको छ, भन्नुभयो । ‘हामी नेपाल तेक्वान्दो संघमार्फत् सिनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गर्ने योजना छ । सो छनोट प्रतियोगिताका लागि सम्बिन्धत निकायसँग समन्वय गरिरहेका छौँ ।’ उहाँका अनुसार मिचिगनमा हुने प्रतियोगितामा २० राष्ट्रका छ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपाल, अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, मेक्सिको, बेलायतलगायत राष्ट्र सामेल रहनेछ ।
युयुएनटिएफमार्फत् नेपाली तेक्वान्दो प्रवर्धनमा
यसैगरी, गोर्खाली युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) का महासचिव पनि हुनुहुन्छ । ग्रान्डमास्टर राजकुमार राईले स्थापना गर्नुभएको यो संस्थामा विभिन्न देशमा छरिएर रहेका तेक्वादोकर्मीहरु आवद्व छन् । मुख्यतः नेपाली तेक्वान्दो विकासमा नेपालबाहिरको तेक्वान्दोकर्मीहरुले खोलेको संस्था हो यो ।
युयुएनटिएफले नेपाली तेक्वान्दोको प्रवद्र्धनमा मात्र होइन, समय समयमा समस्यामा रहेका तेक्वान्दोकर्मीलाई आर्थिक सहायता पनि गर्दछ । हालै मात्र यस संस्थाले क्यान्सर रोगले ग्रस्त नेपालका एक सिनियर प्रशिक्षक दिलिपराज थापाको उपचारार्थ तीन लाख रुपियाँ आर्थिक सहयोग ग¥यो । यसबाहेक एसियाली गेम, साग जस्ता ठूला प्रतियोगिता हुँदा पनि खेल पोशाक आदि प्रदान गर्न यो संस्था झुल्किनछ । नेपालमै तेक्वान्दोको अवार्ड कार्यक्रम पनि गर्ने गर्दछ । यस्ता कामले पनि गोर्खालीको चर्चा नेपाली तेक्वान्दो वृत्तमा भइरहन्छ ।
औसत खोलडी, अब्बल प्रशिक्षक
गोर्खालीको खेलाडी जीवन खासै उल्लेखलायक छैन । तर प्रशिक्षकको रुपमा उहाँ नेपालमा नाम चलेका प्रशिक्षक हुनुहुन्छ । उहाँ सबैका लव गुरु हुनहुन्छ ।
मार्शल आर्ट्समा स्कुल पढ्दादेखि नै इच्छा भए पनि गोर्खालीले १९ वर्षमा मात्र पहिलो पटक तेक्वान्दोको आधिकारिक प्रशिक्षण लिनुभएको हो । पुल्चोक कलेजमा इञ्जिनियरिङको विद्यार्थी तर उहाँले सो समयमा तेक्वान्दोलाई बढी समय दिनुभयो । यद्यपि प्रतियोगिता कम हुने र एक औसत खेलाडी हुँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सक्नुभएन । उहाँले एक पटक मात्र राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नुभएको छ । यद्यपि खेलाडी जीवनमा छँदै तेक्वान्दो प्रशिक्षकमा उहाँ आकर्षित हुनुभयो । खेलाडी जीवनमै प्रशिक्षकको विभिन्न कोर्स गर्नुभयो । २०४० सालमा तेक्वान्दोमा खेलाडीको रुपमा होमिएका गोर्खालीले चार वर्षपछि नै राष्ट्रिय खेलकुद प्रशिक्षककै सहायक प्रशिक्षकमा नाम निकाल्नुभयो । त्यसपछि उहाँले जुम्ला, बाग्लुङ, बुटवललगायत देशका विभिन्न जिल्लामा गएर तेक्वान्दो खेलाडी उत्पादन गर्नुभयो ।
यसैबीच, ओभरसियरको काम फाट्टफुट्ट चलिरहेको थियो । पछि बिस्तारै उहाँले इञ्जिनयरङ छोड्नुभयो र तेक्वान्दोमै आफूलाई समर्पित गर्नुभयो । नेपालकी तेक्वान्दो क्विन संगिना वैद्य आप्mनो खेल जीवनमा सन् १९९६ मा अष्ट्रेलियामा १२ औँ एसियाली तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेको र छनोट चरण पार गरी ओलम्पिकमा चयन भएको क्षणलाई खेलाडीको रुपमा सर्वाधिक खुशीको क्षण मान्नुहुन्छ । संगिनाले अस्ट्रेलियामा स्वर्ण पदक जित्दा गोर्खाली नै प्रशिक्षक हुनुहुन्थ्यो । नेपालका प्रायः सफल खेलाडी गोर्खालीकै शिष्य हुनुहुन्छ ।
प्रशिक्षक जीवनमै छँदा उहाँ सन् २००० मा अस्ट्रेलिया जानुभयो । अस्ट्रेलियामा करिब दुई वर्षको बसाइँपछि उहाँ दक्षिण कोरियाली प्रशिक्षक जेके सिनको निमन्त्रणामा अमेरिका पुग्नुभएको हो । नेपाली तेक्वान्दोमा जेके सिनको ठूलो नाम छ । उहाँले अमेरिका गएपछि उतै तेक्वान्दो एकेडेमी खोल्नुभयो । त्यसपछि विधान लामालगायत नेपालका थुप्रै तेक्वान्दोकर्मी यस एकडेमीमा प्रशिक्षण दिने बहानामा अमेरिका पुग्नुभएको छ । गोर्खाली पनि त्यसमध्ये एक हुनुहुन्छ । गोर्खालीले बिस्तारै आफूले तेक्वान्दो एकेडेमी खोलेर आप्mनो बसाइँलाई सार्थक बनाउनुभयो । सन् २०११ मा सुदर्शनबहादुर केसीसँग मिलेर मिचिगनको वाटरफोर्डमा एभरेस्ट तेक्वान्दो एकेडेमी खोल्नुभयो । केसीले तीन महिनापछि सो एकेडेमी छोड्नुभयो । गोर्खालीले त्यसपछि एक्लैले सो एकेडेमीलाई अगाडि बढाउनुभयो । दुई वर्षअघि गोर्खालीले अर्को शहर ट्रोयमा एभेरेस्ट तेक्वान्दो एकेडेमीको दोस्रो ब्रान्च पनि खोल्नुभयो । अहिले त उहाँको पूरा परिवार नै तेक्वान्दोमा संलग्न छ । गोर्खालीका दुई जना छोराले गोर्खालीका दुई तेक्वान्दो एकेडेमीको रेखदेख गर्छन् ।
अहिले त उहाँको तेक्वान्दो एकेडेमीबाट प्रशिक्षित खेलाडी अमेरिकाको राष्ट्रिय तेक्वान्दो टिममा पनि परेको छ । प्रशिक्षक गोर्खाली गर्वका साथ भन्नुहुन्छ– ‘एभरेस्ट तेक्वान्दोकै एक महिला खेलाडी अमेरिकाकै प्रतिनिधित्व गरेर दक्षिण कोरियामा खेल्न जाँदैछ ।
गर्विलो इतिहास कायम राख्न सकेन
प्रशिक्षक गोर्खाली नेपाली तेक्वान्दोले आप्mनो गर्विलो इतिहासलाई कायम राख्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । तेक्वान्दो नेपाललाई धेरै अन्तर्राष्ष्ट्रिय पदक दिलाउने खेल हो । तर राष्ट्रिय खेलकुद परिषद् र नेपाल तेक्वान्दो संघको कमजोर नीति, योजनाले २० वर्षअघि मैले छोडेर जाँदा जुन नेपालको दबदबा थियो, त्यो अनुसार नेपाली तेक्वान्दोको स्तरोन्नति भएको देखिएको छैन । तेक्वान्दो संघले सबैलाई समेटेर काम नगरेको मेरो अनुभव छ । हामीजस्ता नेपाली तेक्वान्दोमा केही गर्छु भन्ने तेक्वान्दोकर्मीलाई पनि वास्ता नगरेको अनुभव मैले धेरै पटक गरेको छु । खेलाडीहरुलाई खासै अवसर दिन सकेको छैन । नेपालमा प्रतिभाको कमी छैन । तेक्वान्दो काम गर्छु भनेर आउनेलाई पनि समेट्नु पर्यो । यस खेलप्रति लगाव राख्ने लाखौँ खेलाडी छन् । खाली स्तरीय प्रशिक्षण, खेलाडीलाई प्रोत्साहित गर्न सक्ने वातावरणको खाँचो छ । व्यवस्थापनले मार्शल आर्ट्समा नेपाल कमजोर हुँदै गएको जस्तो मलाई लाग्छ ।
प्रशिक्षक गोर्खालीले अन्तमा नेपालमा तेक्वान्दो शीर्षकमा आप्mनो तेस्रो भाग प्रकाशन हुन लागेको जानकारी पनि दिनुभयो । मैले तेस्रो भागमा नेपाली तेक्वान्दोको विकास गर्न सरकार र तेक्वान्दो संघले बनाउनुपर्ने नीति निर्माणबारे पनि आप्mनो धारणा पोखेको छु’–उहाँले अन्तमा भन्नुभयो ।