श्लोककेशर क्वार्टरफाइनलमा
काठमाडौँ, मङ्सिर ६ गते । नेपालका श्लोककेशर खड्का एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा सोमबार क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा श्लोकले भारतका सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु क्वार्टरफाइनलमा पुग्नुभयो ।
नेपालका वृजेश अर्यालविरुद्ध खेलमा सिद्धार्थले पहिलो सेट ६–७ (६) ले गुमाउनुभएको थियो । दोस्रो सेट सिद्धार्थले ६–३ ले जित्दै खेललाई १–१ को बराबरीमा पु¥याउनुभयो । तेस्रो सेटमा सिद्धार्थले १–० को अग्रता लिइरहनु भएका बेला वृजेश रिटायर्ड हर्ट भएपछि सिद्धार्थलाई विजयी घोषित गरिएको थियो ।
नेपालका श्रीयोग अधिकारीले नेपालकै स्पर्श तिमिल्सिनालाई ६–२,६–२ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । गल्र्स सिंगल्समा प्राज्ना मानन्धरले समृद्धि महर्जनलाई ६–२, ६–०, कृषा अधिकारीले संस्कृति टयाललाई ६–४, ५–७, ६–४, जेनी खड्काले स्वस्तिका बिष्टलाई ६–१, ६–२, मान्सा कँडेलले लशा प्रजापतिलाई ६–०, ६–२ तथा नाला जोस्फिन मास्केले शिभाली गुरुङलाई ६–३, ६–३ को सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्नुभएको छ । नाला अमेरिकाकी खेलाडी हुनुहुन्छ ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले भारतका अविर श्रीवास्तव र नेपालका स्पर्श तिमिल्सिनाको जोडीलाई ६–१, ६–४ को सोझो सेटमा पन्छाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभएको छ ।